Header Ads Widget

Responsive Advertisement

Panchatantra Story: Four Friends | पञ्चतंत्रका कथाहरु: चार साथीहरु

 Panchatantra Stories | पञ्चतंत्रका कथाहरु

पञ्चतंत्र संस्कृतमा लेखिएका प्राचीन भारतवर्षीय (अहिलेको इंडिया, नेपाल, पाकिस्तान, अफगानिस्थान, बंगलादेश, भुटान, वर्मा हुँदै इन्डोनेसिया र कम्बोडिया सम्मनको भूभाग)  पशु कथाहरूको संग्रह हो। कथाहरू ज्ञान, नैतिकता, र नैतिक व्यवहारको बारेमा महत्त्वपूर्ण पाठहरू सिकाउने उद्देश्यले, जनावरहरूलाई मुख्य पात्रहरूको रूपमा प्रयोग गरेर विम्बको रुपमा चित्रण गरिएको छ। जनावरहरुमा बोल्ने बुझ्ने  सुझबुझको ज्ञान हुन्छ भन्ने पनि कथामा देखाइएको छ। आज वैज्ञानिक अनुसन्धानका विभिन्न परिक्षणले यी विषयमा थप पुष्टी गर्दै गएको छ।

पञ्चतन्त्रका सबैभन्दा प्रसिद्ध कथाहरूमा "सिंह र मुसा," "कछुवा र खरायो," र "काग र पिचर" समावेश छन्। प्रत्येक कथामा स्पष्ट नैतिक पाठ छ, जस्तै मित्रताको महत्त्व, कडा परिश्रमको मूल्य, वा लोभको खतरा आदि इत्यादि।

पञ्चतंत्र मूलतः तत्कालिन युवा राजकुमारहरूको शिक्षाको लागि लेखिएको थियो, र यो अझै पनि धेरै नेपाली तथा इण्डियन विद्यालयहरूमा शिक्षण उपकरणको रूपमा प्रयोग गरिन्छ। कथाहरू धेरै स्थानीय तथा विश्वका भाषाहरूमा अनुवाद गरिएका छन् र संसारभरि कथा सुनाउने परम्परालाई प्रभाव पारेको छ। पञ्चतंत्र पूर्वीय  साहित्यको प्रिय र कालातीत नैतिक शिक्षाको रूपमा जारी छ।


चार साथीहरु | Four Friends:

कुनै समय हरियो जङ्गलमा मुसा, काग, हरिण र कछुवा चार जना साथीहरु एकैसाथ बस्थे। चारैजना साथी विभिन्न जाती-प्रजातिका जनावर भए पनि एकअर्काको निकै नजिक थिए । उनीहरु सँगै बस्ने, ज्ञानका बात मार्ने  र धेरै खेल्ने  गर्थे । जङ्गलमा सफा पानीको पोखरी थियो जसमा एउटा कछुवा बस्थ्यो। पोखरीको छेउमा एउटा ठूलो जामुनको रुख थियो जसमा काग बस्थ्यो। मुसाले रुखको मुनि जमिनमा  दुलो बनाएको थियो र नजिकै बाक्लो झाडी थियो जसमा हरिणको बासस्थान थियो ।

कछुवा बाहेक अरु तीनजना साथीहरु खानाको खोजीमा जङ्गलमा यताउता जाने गर्थे तर सूर्यास्त हुनुभन्दा अगाडि नै घर फर्कने गर्थे ।

एक दिन साँझ मुसा र काग फर्किए तर हरिण फर्केन। तीनैजना साथीहरु बसेर उसलाई पर्खन थाले । कछुवाले भन्यो- "उनी जङ्गलमा यति धेरै बेर बस्दैनन्, कहिलेकाहीँ तिमी भन्दा अगाडि नै फर्केर आउँछन्, खै आज थाहा भएन उनी यति ढिलो सम्म  किन नआएको?"

मुसाले भन्यो- "तिमीले साँचो कुरा भन्यौ कछुवा भाइ । मलाई लाग्छ ऊ पक्कै कुनै समस्यामा छ। अब हामी यसरी बस्नु हुँदैन  केहि  न केहि त गर्नु पर्छ।"

कागले भन्यो- "साथीहरू, उ चर्न जाने ठाउँमा म उडेर चाडै पुग्न सक्छु तर  झाम्मकै साँझ परिसक्यो । अँध्यारो बढ्दै  गइरहेको छ, तल केही देखिनेछैन। बिहान उज्यालो भएपछि म उसलाई खोज्न निस्कनेछु।"

कछुवाले भन्यो-"तिम्रो विचार ठिक छ, तर साथीको कुशलताको खबर नपाई राती कसरी सुत्न सकिन्छ ? निन्द्रा लाग्दै लाग्दैन ।  मेरो हिँडाइ पनि एकदमै ढिलो छ,  म अहिले त्यही दिशातिर  हिँड्छु । तिमीहरु दुबै बिहानै आउनु।"

मुसाले भन्यो-"म पनि चुपो लागेर बस्न सक्दिन। त्यसैले म  कछुवासँग जान्छु। काग भाइ, तिमी बिहानै आउनु।"

यति भनिसकेपछि मुसा र कछुवा दुवै हरिण चर्न गएको दिशातिर  हिँड्न थाले । काग असहाय थियो त्यसैले त्यहीँ बस्यो । तर बिहान उज्यालो भएपछि उ पनि हरिणको खोजीमा उड्यो। बाटोमा उसले मुसा र कछुवा दुवैलाई भेट्यो।

तब कागले कोहि रोइरहेको सुन्यो। उसले त्यतातिर गएर हेर्दा उसको साथी हरिण शिकारीको पासोमा परेर  रोइरहेको देख्यो ।

आफ्नो साथी कागलाई देखेर हरिणले भन्यो- "मित्र, म शिकारीले थापेको जालमा परेको छु, ऊ आउँदैछ, अब तिमीहरु मेरो साथ यतिनै रहेछ भनेर सम्झेओ।"

कागले हरिणलाई सान्त्वना दियो र भन्यो- "चिन्ता नगर साथी, हामी तिमीलाई यति सजिलै मर्न दिने छैनौं। हामी आफ्नो ज्यान जोखिममा राखेर भएपनि तिमीलाई बचाउनेछौं।"

हरिणले निराश स्वरमा भन्यो- "तिमी मेरो साथी हौ, त्यसैले त यसो भन्यौ। मलाई कसरी सहयोग गर्न सक्छौ र?"

कागले भन्यो- "म तुरुन्तै हाम्रो साथी मुसालाई यहाँ मेरो पिठ्युमा बोकेर ल्याइदिन्छु। उसले तिम्रो पासो काट्छ, त्यसपछि तिमी जालबाट मुक्त हुनेछौ। राम्रो कुरा त यो हो कि मुसा र कछुवा दुवै यहाँ नजिकै आउदैछन्। तिनीहरू दुवै तिमीलाई खोज्न हिजै  हिडेका थिए।

हरिणले आशाको किरण देख्यो। काग उडेर तुरुन्तै मुसा र कछुवा आउंदै गरेको ठाउँमा पुग्यो । उनले दुवैलाई मृगको जालमा परेको कुरा सुनायो र मुसालाई पिठ्युँमा बसाएर हरिणतर्फ उड्यो ।

मुसा त्यहाँ पुग्ने बित्तिकै तुरुन्तै जाल काट्यो र हरिण मुक्त भयो। त्यतिन्जेल कछुवा पनि घस्रँदै त्यहाँ आइपुग्यो ।हरिण मुक्त भएकोमा सबै खुशीले रमाउँदै थिए ।  त्यतिकैमा कागले अगाडिबाट शिकारी आउदै गरको  देखेर उसले तुरुन्तै आफ्ना साथीहरूलाई सचेत गराउदै भन्यो - "शिकारी आउँदैछ, छिट्टै लुक।"

हरिण तुरुन्तै द्रुतगतिमा दौडियो र झाडीमा लुक्यो। मुसा एउटा दुलोतिर दौडियो अनि दुलोभित्र छिर्यो र काग उडेर अग्लो रुखको हाँगामा बस्यो। दुई पाइला पनि पार नगरेको एक मात्र कछुवालाई चिन्ता बढ्यो।

जब शिकारीले जाल काटेको देख्यो, उसले आफ्नो हैरान हुँदै टाउको समायो। उ अहिले जालमा कुन जनावर परेको थियो  र कसले जाल काटेको हो भनेर पत्ता लगाउन खोजिरहेको थियो, त्यतिबेला उसले आफूभन्दा अलि टाढा एउटा कछुवा हिँडिरहेको देख्यो ।

"आज ठुलो शिकार नपरे पनि यहि कछुवा भए पनि भेटियो " यति सोचेर शिकारीले कछुवालाई उठायो र आफ्नो झोलामा हाल्यो र टुक्रा टुक्रा भएको जाल बटुलेर घरतिर हिड्यो ।

कागले तुरुन्तै आफ्ना साथीहरू मुसा र मृगलाई शिकारीले कछुवालाई आफ्नो झोलामा बोकेर हिडेको जानकारी गरायो।

मुसाले भन्यो - "हामीले हाम्रो साथीलाई बचाउनु पर्छ, तर यो कसरी गर्न सम्भव छ?"

यस पटक हरिणले समस्या समाधान गर्यो। उसले भन्यो- "साथीहरू, म शिकारीको अगाडी लङ्गडो  जस्तै गर्दै जान्छु। म लङ्गडो छु भन्ने सोचेर कछुवाको झोला भुइँमा छोडेर  शिकारी मेरो पछि दौडनेछ। म उसलाई छक्याएर टाढा लैजान्छु, तबसम्म तिमी दुवैले कछुवालाई झोलाबाट निकालेर भगाउनु र भाग्नु।"

हरिणको योजना प्रभावकारी साबित भयो। लङ्गडो हरिण देखेर शिकारीको राल चुहियो। कछुवा भएको झोला त्यहीँ भुइँमा राखेर शिकारी हरिणकोको पछि दौडियो । हरिण लङ्गडो भएको नाटक गर्दै टाढाको जङ्गलमा लगेर शिकारीलाई छोडी अचानक द्रुतगतिमा  घना जंगलमा गायब भयो।

शिकारी निरास भएर हात हल्लाउँदै कछुवा भएको झोला भएको ठाउँमा फर्कियो। त्यतिन्जेल मुसा र कागले मिलेर कछुवालाई झोलाबाट निकालेर सुरक्षित झाडीमा लुकाइसकेका थिए।

झोलाबाट कछुवा पनि हराइरहेको देखेर शिकारी आफ्नो भाग्यलाई श्राप दिंदै घरतिर गयो र केहि समय पछी  चारैजना साथीहरू फेरि भेटिए र खुसीसाथ घर फर्किए 

कथाको सार यो हो कि जीवनमा सच्चा साथीहरू भए ठूला विपत्तिको सामना पनि सजिलै गर्न सकिन्छ। तपाईहरु पनि साथीहरुसंग मिलेर अगाडी बढ्नुभयो भने एक्लै गर्न नसकेको काम गर्न सक्नुहुन्छ ।

 Panchatantra Stories

The Panchatantra is a collection of ancient Bharat Varsha's  (Present day India, Nepal, Pakistan, Afghanistan, Bangladesh, Sri Lanka, Bhutan, Myanmar, Cambodia, Indonesia Thailand, Tibet and more..)  animal fables written in Sanskrit. The stories are intended to teach important lessons about wisdom, morality, and ethical behavior, using animals as the main characters to illustrate the points.

The most famous stories from the Panchatantra include "The Lion and the Mouse," "The Tortoise and the Hare," and "The Crow and the Pitcher." Each story has a clear moral lesson, such as the importance of friendship, the value of hard work, or the danger of greed.

The Panchatantra was originally written for the education of young princes, and it is still used as a teaching tool in many Indian schools today. The stories have been translated into many languages and have influenced storytelling traditions around the world. The Panchatantra continues to be a beloved and timeless classic of Indian literature.

Four Friends:

Once upon a time, in a lush green forest, there lived four animal friends - a mouse, a crow, a deer, and a tortoise. They all loved each other's company and spent their days playing, chatting and enjoying the forest's beauty.

One day, while the friends were out exploring, they overheard some hunters talking about capturing and killing all the animals in the forest. The four friends were scared and knew they had to do something to protect themselves.

The mouse came up with a clever idea. He suggested that they should dig a deep hole and hide in it until the hunters left. The deer, who was swift and alert, offered to keep watch and warn the others if the hunters came. The crow, who could fly high in the sky, agreed to keep watch and give a signal if the hunters were coming.

The tortoise, who felt left out as he was not as fast, strong or sharp as his friends, felt sad. However, the other friends did not want him to feel bad and asked him to carry a stick in his mouth and raise it up high when it was safe to come out. The tortoise felt important again, and his friends made him feel better.

As the hunters came close, the deer alerted the other friends, and they all quickly got into the hole. The crow and the deer kept watch, while the tortoise held up his stick to signal when the hunters had gone.

The plan worked perfectly, and the four friends were safe. They realized that they all had unique qualities that helped them protect themselves, and that they could rely on each other when they needed help.

This beautiful story teaches us that we should help our friends and appreciate the qualities that make each of us special. It also reminds us that when we work together and respect each other's differences, we can overcome any challenge that comes our way.

In conclusion, "The Four Friends" is a lovely tale that teaches children the importance of teamwork, friendship, and acceptance. It is a heartwarming story that will make children smile and appreciate the value of true friendship.


Post a Comment

0 Comments