Header Ads Widget

Responsive Advertisement

The Lion and a Mouse | पञ्चतन्त्र कथा

सिंह र मुसाको कथा

साथीहरू, हामीलाई थाहा छ, हरेक देशको आ-आफ्नै साहित्य हुन्छ र त्यस साहित्यमा लोककथाको विशेष महत्त्व हुन्छ। हाम्रो देशको साहित्य संसारकै पुरानो हो र लोकगीत पनि हो । यी कथाहरूमा श्री विष्णु शर्माद्वारा रचित कालातीत अमर ग्रन्थ 'पञ्चतंत्र' पनि छ। पञ्चतन्त्रका कथाहरूमा पाँच भागहरू छन्।


Panchatantra story Lion & Mouse


यहाँ हामी विशेष गरी बालबालिकाका लागि पञ्चतन्त्र कथाहरू सुनाउदै छौं:


यसै क्रममा आज प्रस्तुत छ : सिंह र मुसाको कथा !


कुनै समय एउटा जङ्गलमा निकै खतरनाक सिंह बस्थ्यो। उसको नाम अजंग सिंह थियो। जङ्गलका सबै जनावरहरू उसँग धेरै नै डराउँथे।


एक दिनको कुरा हो  उ पेट भरी खाना खाएर रुखमुनि एकदमै आरामसँग सुतिरहेको  थियो। सिंह सुतिरहेको ठाउँबाट केहि पर मुसाको दुलो पनि थियो । सिंहको घुरेको आवाजको डरले एउटा मुसो आफ्नो दुलोबाट बाहिर निस्कँदा सुरुमा अलिकति डराएको थियो, तर पछि सोच्न थाल्यो- "अहिले गहिरो निद्रामा घुर्दै सुतेको छ, त्यसैले यसले मेरो अहीले त केहि बिगार्न सक्दैन । अलिकति रमाइलो गरौँ ।" मस्ती गरौँ । यसै पनि , त्यसको घुराई ले मेरो निन्द्रा त बिच्क्याई हाल्यो ।"


यस्तो सोच्दै मुसा सुतेको सिंहको माथि चढ्यो र उफ्रन थाल्यो । एक–दुई पटक अजंग सिंहले मुसालाई पुच्छरले  प्रहार गरेर भगाएका थियो । तर रमाइलो गर्न मुसा फेरि नाकमा चढ्यो ।

त्यसपछि अजंग सिंहको आँखा खुल्यो र मुसालाई आफ्नो वरिपरि चकचक  गरिरहेको देखेर निकै रिस उठ्यो र उसले मुसालाई आफ्नो अगाडिको पञ्जाले  समातेर चर्को स्वरले गर्जदै उसले मुसालाई भन्यो, “ए शैतान मुसो, मेरो यति मिठो निन्द्रा बिच्क्याउने हिम्मत तिमीलाई कहाबाट आयो ?  अब म तिमीलाई छोड्ने छैन, म तिमीलाई एकै गाँसमा खान्छु।


यो सुनेर मुसाको हालत बिग्रियो र थरथर काम्न थाल्यो । उसको अवस्था नाजुक हुँदै गयो र पसिनै पसिना भयो। ऊ काँपिरहेको स्वरमा अजंग सिंहलाई भन्छ –


"यस जंगलको राजा, महाराजा  तपाई हो, राजा हौ मलाई पागल ठानेर क्षमा गरिदिनुस्। म जस्तो सानो जनावरलाई मारेर हजुरको महिमा बढ्दैन, बरु उल्टै सबै जंगलका जनावरले भन्छन् महाराजा अजंग सिंहले  सानो गल्तिको लागि सानो मुसा मारे।" यसले तपाइको प्रशंसा बढ्नुको साटो आलोचना बढ्छ .


मुसाको यो कुरा सुनेर सिंहले घाँटी हल्लायो तर केही बोलेन ।


त्यसपछि मुसाले भन्यो- "मलाई जान दिनुहोस्, महाराज। मलाई नमार्नुहोस्, महाराज। म वचन दिन्छु, यदि तपाईंले आज मलाई छोड्नुभयो भने, म तपाईंलाई जीवनमा कुनै न कुनै बेला अवश्य सहयोग गर्नेछु।"


मुसाको यो कुरा सुनेर सिंह चर्को स्वरले हाँस्न थाल्यो अनि भन्यो- "तिमी जस्तो सानो मुसाले मलाई कसरी सहयोग गर्न सक्छौ। तिम्रो यो कुरा सुनेर मलाई यति धेरै हाँस उठेको छ  कि पहिले कहिल्यै उठेको थिएन। जे होस्, तिमीलाई आज म छोडिदिन्छु, किनकि तिमीले मलाई आज निकै हँसाएर मनोरन्जन गरायौ । तिम्रो जीवन यसैको उपहार  हो।"


यति भन्दै सिंहले मुसालाई छोडिदियो । मुसा हतारले लड्दै पड्दै  त्यहाँबाट भाग्यो।


यो घटनाको निकै  दिनपछि केही शिकारीहरू सिंहलाई समाउन जंगलमा आए । तिनीहरूले सिंहलाई समात्न बलियो पासो  थापे ।


एक दिन सिंह त्यही बाटोबाट हिंडीहेको थियो जहाँ पासो थापिएको थियो र दुर्भाग्यवश सिंह त्यही पासोमामा पर्यो। सिंहले त्यो पासोबाट उम्कन अथक  प्रयास गर्यो तर उम्कन  सकेन । सिंह चर्को स्वरले गर्जन थाल्यो ।


"यहाँ कोही छ ? कसैले मलाई मद्दत गर्न सक्छ?"


त्यत्तिकैमा मुसा त्यो आवाज सुन्यो। सिंहको आवाज सुनेर तुरुन्तै सिंहकहाँ पुग्यो  र भन्यो-


‘ महाराज यो कसरी भयो ? यो पासोमा मा कसरी पर्नुभयो ? तर हजुर चिन्ता नगर्नुहोस्, म अहिले मेरो तीखो दाँतले यो पासो काट्छु । तपाईं डराउनु पर्दैन । यसो भन्दै मुसाले तुरुन्तै  पासो काट्न थाल्यो र केहि क्षणमै  सिंह पासोबाट मुक्त भयो।


त्यसपछि मुसाले सिंहलाई भन्यो- "त्यस दिन हजुर मलाई हेरेर  हाँस्नु भएको थियो , हैन महाराज, मैले हजुरलाई कुनै दिन अवश्य सहयोग गर्छु भनेर भनेको थिएँ। अहिले हजुरले बुझ्नुभयो  कि सानो र कमजोर प्राणीले पनि हजुरलाई सहयोग गर्न सक्छ। "


त्यसमा सिंहले भन्यो- "हो साथी आजदेखि तिमी मेरो खास साथी हौ। आज तिमीले मलाई जीवनको पाठ सिकायौ।"


कथाको नैतिकता: यो कथाले हामीलाई सिकाउँछ कि हामीले कसैलाई सानो र कमजोर ठान्नुहुँदैन। भगवानले बनाएको हरेक प्राणीको आ–आफ्नै महत्व हुन्छ । सियोले के गर्न सक्छ, तरबारले गर्न सक्दैन, र तरवारले के गर्न सक्छ, सियोले सक्दैन। त्यसैले सबै  बालबालिकाको आ–आफ्नै महत्व हुन्छ।


Post a Comment

0 Comments